गणतन्त्र त आउनै बाकी छ

सत्तामा अन्धो हुनेले सडकमा आँखा देख्नुको औचित्य छैन

No ads found for this position
No ads found for this position

काठमाडौं- २०७२ सालमा बनेको संविधानको उपलब्धि हो-गणतन्त्र, धर्मनिरपेक्षता र संघीय शासन प्रणाली। मुलुकका प्रमुख दल र तिनका नेताहरूले यो उपलब्धिको रटान लगाइरहन्छन्। संघीय शासन प्रणालीले जनतालाई बलियो बनायो, अधिकार सम्पन्न बनायो, घरदैलो नजिकै शासन सत्तालाई पुर्‍यायो पनि भन्छन्। संघीयताको मर्म त आखिर यही नै हो तर यथार्थ भने पूरै यस्तो देखिन्न।

गणतन्त्रको सुन्दरतालाई गणतन्त्रवादी हाम्रा नेताहरूले नै कुरूप पार्दै गएका छन्। देशमा सिन्डिकेटवाद, परिवारवाद, र लुटतन्त्र थोपरेर नेपाली जनतालाई यही हो गणतन्त्र भनी जनतालाई झुक्याइरहे । जबकि गणतन्त्रमा यी कुनै चिज हुँदैनन् मात्र सार्वभौमसत्ता सम्पन्न नेपाली जनता र कानुनको राज्य हुन्छ।

सत्ता र गठबन्धन टिकाउन संघीयता लाई बदनाम गराइयो । संघीयताको सबैभन्दा बदनाम गराउने पनि यही संघीयतावादी नेताहरू नै हुन् ।

जनताको नजिकै गएको शासन सत्ताले विकृतिका चाङहरू देखाइरहेको छ। जनता आफू अधिकार सम्पन्न भएको भन्दा नेता र दलहरूको फोहोरी राजनीति, अस्वस्थ प्रतिस्पर्धा र भ्रष्टाचारको साक्षी बनेका छन्।

संघीय शासन प्रणालीले दिएको भनेको प्रदेश संरचना हो। यो प्रणालीको प्रमुख पहिचान बोकेको संरचना गठन भएको २०७४ सालको निर्वाचनपछि हो। त्यसले जनतामा संघीय संरचनाको बदनाम धेरै र जनताको काम थोरै गरेको प्रस्टै देखिन्छ।

सिंहदरबारको अधिकार गाऊँ-गाऊँ पुर्याउने भन्ने हाम्रा नेताहरूले आफ्नो हुकुमी शासन टोल टोलमा पुर्याए। यसलाई उपलब्धि मानिरहेका नेताहरू प्राप्त उपलब्धिलाई गुम्न दिनु हुन्न भन्ने भ्रमपूर्ण भाष्य सृजना गरी जनतालाई भ्रमित पारिरहेका छन्।

प्रदेशका दलीय र राजकीय पदका उम्मेदवारदेखि प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री, आफै तोक्छन् । ७ प्रदेशमा ७ सरकार बनेका छन्। ७/७ जना मुख्यमन्त्री बनेका छन्, सभामुख र अरू थुप्रै मन्त्री र सांसद पनि छन्। प्रदेशको नाम के राख्ने ? नियम के बनाउने ? गठबन्धन कोसँग गर्ने ? कुन पदका मानिसले के काम गर्ने ? यी सबै केन्द्रबाटै तोकिन्छन्।

सिंहदरबारको अधिकार गाऊँ-गाऊँ पुर्याउने भन्ने हाम्रा नेताहरूले आफ्नो हुकुमी शासन टोल टोलमा पुर्याए। यसलाई उपलब्धि मानिरहेका नेताहरू प्राप्त उपलब्धिलाई गुम्न दिनु हुन्न भन्ने भ्रमपूर्ण भाष्य सृजना गरी जनतालाई भ्रमित पारिरहेका छन्।

सत्ता र सदनमा अन्धो हुनेले सडकमा आँखा देख्नुको कुनै औचित्य रहँदैन । कांग्रेसले एमालेलाई पाए सक्दो प्रयोग गर्ने अन्यथा साम्प्रदायिक सद्भाव, भ्रष्टाचार, भुटानी सरर्णार्थी प्रकरण र सुन तस्करीको टेकोमा टेकेर नेकपा माओवादी केन्द्र सँग गठबन्धन गरेर सत्ता टिकाइ राज्यको बागडोर चलाउनु भनेको यो देश सुध्याउने रणनीति मात्र हो।

सिङ्गो कांग्रेसले एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल (माकुने-झलनाथ) प्रवृत्तिको निरन्तर ढाड बनिरह्यो । उनीहरूमाथिको ढाडमा टेकेर कांग्रेसले गणतन्त्रको नाममा निरन्तर प्रहार भई उसले मुलुकमा हाबी बढायो । मुलुकको अर्थ व्यवस्था (उत्पादकत्व र उत्पादक शक्ति सहित), मानवीय, सामाजिक, प्राकृतिक पुँजी, शिक्षा, राजनीति, सामाजिक सद्भाव, भाषा, कला, संस्कृति, सामाजिक मूल्य-मान्यता आदि सबै माथि आक्रमण निरन्तर छ। अहिले कुनै पनि क्षेत्र आक्रमण गरिनबाट सुरक्षित छैन।

केपी ओली सरकारले खेल उल्ट्याउँदै पर चक्रीद्वारा परिचालित पात्रको ढाडमा टेकेर देश विरोधीहरूको टाउकामा हान्दै गर्दा देशी विदेशी राजनीतिक दलालहरूलाई खपिसक्नु भएन । सारा शक्ति मिलेर अदालतको समेत दुरुपयोग गर्दै ओलीलाई टिक्न दिएनन्। सत्ताको झिना झम्टी र सत्ता फेरबदलका लागि जे पनि गर्न तयार हुने निष्ठाविहीन नेता र गठबन्धन देशमा केही गर्न सकेनन्।

अहिले पनि लडाइ जारी छ र लडाइ पनि त्यही हो, पर चक्रीको डिजाइन अनुसार परिचालित पात्रलाई ढाडमा टेकाएर मुलुक माथि आक्रमण गराइरहने कि त्यस्तालाई मिल्काएर पर चक्रीको मुकाबिला गर्दै जनतालाई साथमा लिएर देश बचाउने ?

दुई दशकदेखि परिचालित पात्रको ढाड बनिरहेका कांग्रेस र माकुने समूह विवश अभिशप्त बन्धक छन् तर नेपाली जनता त स्वतन्त्र छन् नि । फेरि स्वतन्त्रताको नाममा इतिहासलाई पछाडि फर्काउँछु भन्नू विज्ञानलाई आत्मा सात नगर्नु हो । जसका कारण समाज कुरूप र देश अँध्यारोमा हराउँछ । त्यसैले गणतन्त्रको विकल्प समृद्ध गणतन्त्र नै हो।

अहिलेको यो व्यवस्था न त गणतन्त्र हो न त संघीयता। अझै बढी विस्तारित, कुरूप, निरङ्कुश र तानासाह तन्त्र हो । अझै बढी सामन्तवादी हो, अझै बढी एकात्मक केन्द्रीकृत व्यवस्था हो । सत्ता र शक्ति एउटा परिवारबाट अरू केही परिवारहरूको सिन्डिकेटमा जानु गणतन्त्र होइन । गणतन्त्र त आउनै बाँकी छ ।

घिमिरे फिल्म निर्देशक हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *