तरुण दलले जाजरकोटमा बनायो ६० टहरा, थप निर्माणको लागि टोली आज खलंगा प्रस्थान

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।

पुनर्निर्माण अभियान अन्तर्गत तरुण दलको टोलीले ८ दिनमा ६० वटा टहरा निर्माण भइसकेको तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलले बताए ।

अध्यक्ष विद्वान गुरुङ सहितको टोली ८ दिनदेखि भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । जाजरकोटको रिम्ना, पिपे र रावत गाउँ लगायतको ठाउँमा जस्तासहितको टहरा निर्माण गरिएको उनको भनाइ छ ।

पुनर्निर्माणमा परिचालित तरुण दल केन्द्रीय समितिको टोलि आज जाजरकोटको खलंगा प्रस्थान गर्दैछ । त्यहा २५ देखि ३० ओटा अस्थायी आवास निर्माण गर्ने केन्द्रीय सदस्य दिनेश राईलेले जानकारी दिए ।

जाजरकोट भूकम्पमा आफ्नो फुपु गुमाएका राईले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै फुपुको अन्तिम बिदाइ गर्न नपाएपनी भूकम्प पीडितको टहरा निर्माणमा आँफू समर्पित भएको उनले बताए ।

तरुण दल अध्यक्ष गुरुङले स्थानियहरुसँग भूकम्पबाट भएको क्षतिको बारेमा पनि सोधपुछ गरेका छन् ।

गुरुङको कमाण्डमा लगनशिलता,अटुट विश्वास र कार्य क्षमताले देश भरिका तरुण हरुमा उत्साह छाएको र भूकम्प पीडितको आवास निर्माणको काम अन्तिम चरणमा पुगेको तरुण दल केन्द्रिय सदस्य पवन यादव जानकारी दिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्