नारायणगढ-मुग्लिन सडक: पुल बनाउन पुस ७ देखि दैनिक ४ घण्टा बन्द गरिने

No ads found for this position
No ads found for this position

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने सडक आयोजना पश्चिम खण्ड नारायणगढ-मुग्लिनले एक सूचना मार्फत जनाएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन्।

काठमाडौ‌बाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ भने पोखराबाट आउने यात्रुवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने सुचनामा भनिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *