कोशीमा १० वर्ष मुनिका बालबालिकाहरुको निःशुल्क उपचार अभियान सुरु

No ads found for this position
No ads found for this position

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

रिडेफ नेपालद्वारा बिहीबार आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले मुलुकमा समानता र विभेदरहित समाज निर्माणमा हामी सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा बताए ।

उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकामा दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत क्षेत्रमा सरकारले मानवीय विकास अभियान सुरु गरेको जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *