क्रिश्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने मन्त्रीलाई बर्खास्त गरियोस्: कमल थापा

No ads found for this position
No ads found for this position

काठमाडौं- क्रिश्चियन धर्मको प्रचारमा गरेको भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् ।

हिजो काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको एक कार्यक्रममा उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।

मन्त्री किराँतीले संसारमा ३० प्रतिशत बढी मान्छेले क्रिस्चियन धर्म मान्ने बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको भन्दै संसारले मानेको धर्म हामीले नमान्ने ? भनि प्रश्न गरेका थिए ।

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने मन्त्रीको यो अभिव्यक्तिलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गर्दै बर्खास्त गर्न माग गरेका छन् ।

थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ । प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *