सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश सर्वसम्मतिले अनुमोदित

No ads found for this position
No ads found for this position

काठमाडौं– सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको नाम सर्वसम्मतिले अनुमोदन भएको छ।

प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्‍बाट सिफारिस भएको हो।

उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *