परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस्: मन्त्री रिजाल

No ads found for this position
No ads found for this position

काठमाडौं- उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहचिव, महानिर्देशक तथा मातहतका बिभिन्न सार्वजनिक निकायका प्रमुखहरु माझ खरो रूपमा प्रस्तुत हुदै यस्तो निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो ।

‘कानुन विपरित जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, ‘आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी ईमान्दारीका साथ् काम गर्नुहोस, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रह गरे ।

यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने, ‘तपाईंहरुको कामबाट म खुसी छैन, ईमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस । विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पुरा गर्नुस।’

ऐनकानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरूपण गर्नेतर्फ आफ्नो ध्यान जाने बताए ।

आर्थिक वर्ष २०८० / ८१ को मंसिर महिनासम्मको खर्चमा चालु तर्फ ३१ दशमलव शुन्य दुई प्रतिशत अर्थात १ अर्ब ५० करोड ३२ लाख रुपैंया, पुँजीगत तर्फ ३ दशमलव शुन्य छ प्रतिशत अर्थात १० करोड १० लाख रुपैंया गरी कुल १९ दशमलव ७ एक प्रतिशत अर्थात १ अर्ब ६० करोड ४२ लाख रुपैंया खर्च भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *