एमालेको ‘संकल्प यात्रा’ आज सकिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । गत मंसिर १४ गते सुदूरपश्चिमको बैतडीबाट सुरु भएको नेकपा एमालेको ‘संकल्प यात्रा’ आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गरिने भएको छ ।

पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ ।

आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।

संकल्प यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *