मोटरसाइकल दुर्घटनामा परि वडासदस्य लुइँटेलको निधन

No ads found for this position
No ads found for this position

भरतपुर- चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा कांग्रेसबाट निर्वाचित वडासदस्यको मृत्यु भएको छ ।

माडी नगरपालिका-१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो ।

बा.प्र. ०३०४ प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *