राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन्।

निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो। दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले बताएको छ।

राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पद भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *