राष्ट्रिय सभा निर्वाचनका लागि आज दल दर्ताकाको अन्तिम दिन

No ads found for this position
No ads found for this position

काठमाडौं- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ताकाको आज अन्तिम दिन हो ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलहरुले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। बिहीबारसम्म १० वटा राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका छन्।

प्रमुख दलहरुमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा, जसपा, लोकपा, नाउपा लगायतका दलले दर्ताको निवेदन दिएका छन्।

नेपाली कांग्रेसले शुक्रबार कार्यसम्पादन समिति बैठकपछि दल दर्ता गारउँदै छ। राष्ट्रिय सभा सदस्यका २० पद रिक्त हुँदै छन्। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। १ जना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *