तरुण दल बैठकको निस्कर्स: भूकम्प पीडितको आवास निर्माणमा मुभ हुन सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दल केन्द्रीय समितिको पहिलो बैठक आज भव्य र सव्य रूपमा सम्पन्न भएको छ ।

बैठकले जाजरकोट र रुकुम पश्चिमको भूकम्प पीडितलाई अस्थायी आवास बनाउन नेपाल तरुण दल पूर्ण रूपमा तयार रहेको बताएको छ।

कार्यक्रममा भूकम्प पीडितको राहतमा खटिएका विष्णु ऐडिले आवास निर्माणकालागि १ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । यस्तै  तरुण दल काभ्रेले पनि केन्द्रीय समितिलाई अध्यक्ष विद्वान गुरुङ मार्फत ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

कार्यक्रममा जाजरकोटमा भूकम्प गएको ३९ दिन भई सकेको बताउँदै तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलका सम्पूर्ण केन्द्रीय सदस्यहरू उद्धारमा लाग्न आग्रह गरे ।

गुरुङले भने, ‘तरुण दलको केन्द्रीय सदस्य भनेको नेपाली कांग्रेसको नेता हो । पार्टीको १५ औं महाधिवेशनबाट विभिन्न जिल्लाको पार्टी सभापति हो । १५ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य हो । आउने निर्वाचनमा धेरै ठाउँको मेयर र पालिका प्रमुख पनि हो । संघीय र प्रदेश सांसद र मन्त्री पनि हो । तरुण दल राजनीतिक कार्यमा मात्र सीमित नरहेर विप्तमा परेका मानव सेवाको अति पवित्र कार्यमा समेत लागि परेको छ।’

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परि वृद्ध वृद्धा एवं बालबालिका तथा गर्भवती महिलाहरू अझै समस्यामा परेकोले अस्थाई आवास निर्माणमा नेपाल तरुण दल लाग्नुपर्ने उनले बताए ।

अध्यक्ष विद्वान गुरुङले भूकम्प पीडितको उद्धारमा स्वयंसेवक टिम  जाजरकोट र रुकुम पश्चिम प्रस्थान गर्ने बताए। उनले भने, ‘नेपाली कांग्रेसको आह्वानलाई समेत ध्यानमा राखेर तरुण दलको यस भक्तपुर बैठकबाट भूकम्प पीडित नागरिकहरूको लागि अस्थाई आवास निर्माण कार्य अविलम्ब सुरु गर्ने र तरुण दलको यो गहन अभिभारा पूरा गर्ने प्रतिबद्धता हाम्रो काँधमा छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *