प्रचण्डलाई ओलीले दिए जन्मदिनको शुभकामना

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जन्मदिनको शुभकामना दिएका छन्।

मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको मेची महाकाली संकल्प यात्राको क्रममा मंगलबार साँझ खोटाङको दिक्तेल पुगेका ओलीले गएराति प्रचण्डलाई टेलिफोन गरेर जन्मदिनको शुभकामना दिएका हुन्।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। प्रधानमन्त्री प्रचण्डको हिजो (मंगलबार) जन्म दिन हो। २०११ साल मंसिर २६ गते जन्मिएका प्रचण्ड हिजोबाट ६९ वर्ष लागेका छन्।

‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो’, ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना!’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *