संघीय संसद सचिवालयका महासचिव डा. गौतमले राष्ट्रपतिसमक्ष बुझाए राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं- संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेलसँग छलफलसमेत गरेका छन् ।

२२ वैशाख २०७७ मा महासचिवमा नियुक्त भएका उनको पदावधि ८ महिना बाँकी थियो । तर, राजीनामा दिनुको कारण भने खुलिसकेको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *