एमाले नेता डा. पाठकसहित दर्जन युवा नेता १० दिने भारत भ्रमणमा

No ads found for this position
No ads found for this position

काठमाडौं- भारत सरकारको निमन्त्रणामा नेपालका १ दर्जनभन्दा बढी युवा नेताहरु अध्ययन भ्रमणको लागि १० दिने भारत भ्रमणमा गएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकका अनुसार सो टोलीले आइतवार भारतको राजनीतिक, आर्थिक तथा सामाजिक विकासको बारेमा अध्ययन गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीतर्फ लागेको हो ।

नेपालका प्रमुख राजनीतिक दलका युवा नेता सहभागी रहेको सो प्रतिनिधि मण्डलले भारतीय विदेश नीति र यसको रणनीतिक रूपरेखा, ग्लोबल इकोनोमी र दक्षिण एसिया, आर्थिक तथा औद्योगिक विकास, उद्यमशीलता, दक्षिण एशियामा प्रविधिको विकास, केन्द्रीय भिस्टा पुनर्विकास परियोजना, लुहरी स्टेज जलविद्युत परियोजना लगायतका क्षेत्रको भ्रमण तथा अध्ययन गर्नेछ ।

सो प्रतिनिधि मण्डलले नयाँ दिल्लीस्थित नयाँ संसद भवन र परराष्ट्र मन्त्रालयमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सो टोली मुम्बई, सिम्ला लगायत प्रमुख राजनीतिक, सांस्कृति तथा औधोगिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।

टोलीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका पार्टी प्रतिनिधिहरु समावेश हुने भएका छन् ।

प्रतिनिधिमण्डलमा कविन्द्र बुर्लाकोटी, सहमहासचिव, राष्ट्रिय स्वतन्त्र पार्टी, क्रान्तिशिखा धिताल केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी, दीपककुमार साह, उपाध्यक्ष, जनमत पार्टी, रामआशिष यादव, प्रदेश सभा सदस्य, मधेस प्रदेश जनता समाजवादी पार्टी अनिलकुमार रुङ्टा, केन्द्रीय समिति सदस्य, नेपाली कांग्रेस, नैनसिंह महर, केन्द्रीय समिति सदस्य नेपाली कांग्रेस, सुश्री गोमा बिष्ट, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), डा. सूर्यप्रसाद पाठक, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), सुनिता बराल, केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), अजयशंकर नायक, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), रेणु चन्द केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी प्रवेश) रहने छन् ।

भ्रमणपछि सो प्रतिनिधि मण्डल आगामी डिसेम्बर २० तारिख मुम्बई हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *