उर्जामन्त्री भन्छन्- २ वर्षभित्र नेपालले विद्युत बिक्रीमात्र गर्ने छ

No ads found for this position
No ads found for this position

म्याग्दी- उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन्।

समाजवादी मोर्चा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको सन्देश सभामा मन्त्री बस्नेतले सरकारको इमान्दार प्रयासका कारण मुलुकको आर्थिक अवस्था पुनः लयमा फर्किन थालेको दाबी गरे।

आर्थिक संकटबाट गुज्रिएको मुलुकलाई सुधारको बाटोतर्फ लैजान निकै चुनौती रहेकोमा सरकारको इमान्दार प्रयास र प्रतिबद्धताका कारण त्यसमा सुधार आएको उनले बताए।

विनासकारी भूकम्प, संविधान निर्माणलगत्तै नाकाबन्दीको सामाना, कोभिड महामारी, विश्व राजनीतिक अवस्था र प्राकृतिक विपत्तिलगायत विविध कारणले मुलुकको आर्थिक अवस्था निकै असहज अवस्थामा पुगेकोमा सरकारको प्रयासका कारण अहिले अर्थतन्त्रले लय समातिसकेको उनको भनाइ छ। ‘सरकार गठन भएपश्चात विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा भएका इमान्दार प्रयासले अर्थतन्त्रले सुधारको बाटो समातेको छ,’ उनले भने।

गत वर्षमात्र १० अर्बको विद्युत बिक्री गरेको र २०/२० अर्बको खरिद गरिएको स्मरण गर्दै उनले भने, ‘यस वर्ष हामीले १८ अर्बको विद्युत बिक्री गर्दैछौं । १० देखि १२ अर्बको मात्र विद्युत खरिद गर्दैछौ।’

आगमी दुई वर्षभित्र नेपालले विद्युत बिक्रीमात्र गर्ने उनको दाबी छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *