एनसेलको शेयर खरिदबिक्री चलखेल छानबिन गर्न उच्चस्तरीय ५ सदस्यीय समिति गठन

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

३० दिनको कार्यवधि दिइएको समितिकाे सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *