अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

No ads found for this position
No ads found for this position

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् ।

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।

सो भेटवार्तामा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्धलाई थप सुद्धृढ बनाउने र द्विपक्षीय सहकार्य बढाउने विषयमा कुराकानी भएको छ ।

बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी उनले आएलगत्तै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *