गृह मन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटन अस्पताल पुगेका छन् ।

हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परीक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

यसरी भर्ना भएका श्रेष्ठलाई भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

गृह मन्त्री श्रेष्ठका स्वकीय सचिव बिजय गौतमका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य र स्थिर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी Angiogram गरी देब्रे नसा (left Anterior Descending Coronary Artery) को Angioplasty सम्पन्न गरिएको छ।

यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उनको left circumflex artery मा Angioplasty गरिएको थियो ।

सघन कक्षमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *