तरुण दलको जिल्ला कार्यसमिति बाट भूकम्प पीडित परिवारलाई राहत आउन सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दल धादिङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित परिवारलाई नगद सहयोग गरेको छ।

धादिङ जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल विश्वकर्माको नेतृत्वमा स‌ंकलन भएको ४४ हजार ८ सय १२ रुपैयाँ आज एक कार्यक्रम मार्फत तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलले नागरिक प्रेसलाई जानकारी दिए।

यस अघि तरुण दलको सिन्धुपाल्चोक र बागलुङ लगायतको जिल्ला बाट पनि सहयोग आएको र अन्य जिल्ला बाट पनि आउन सुरु भएको पोखरेलले जानकारी दिए ।

जाजरकोट भूकम्प पीडितका परिवारलाई सहयोग गर्न र मानवीय सङ्कटको उद्धारमा लाग्न अध्यक्ष गुरुङले एक विज्ञप्ती मार्फत अपिल गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *