एमालेभित्र प्रचण्ड र माकुनेको षड्यन्त्र हुँदा पनि पार्टी सिद्धिएन्: केपी ओली

No ads found for this position
No ads found for this position

डोटी- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र अनेक प्रकारको षड्यन्त्र हुँदा पनि पार्टी जोगिएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए।

‘प्रचण्डका षड्यन्त्र भए, माकुनेका षड्यन्त्र भए, अरू षड्यन्त्र पनि भए, ती सबै षड्यन्त्रलाई परास्त गरेर तपाईंहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने, ‘तपाईंहरु, सबैलाई धन्यवाद।’

पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए। उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’ उनले भने।

ओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *