शरणार्थी प्रकरण: बालकृष्ण र टोपबहादुर छुटेनन्, अरू को कति धरौटमा छुटे ?

No ads found for this position
No ads found for this position

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुव गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ ।

उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडकाे सबालमा भने न्यायधिसहरूका बिचमा राय बाझिएकाे छ ।

जसका कारण तेस्राे न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएकाे छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लडन पाउने बाटो अझै खुलेको छैन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलीपल्ट अदालतले फैसाला सुनाएकाे हाे ।

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायधिस बिचमा राय बाझिदाँ तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा फैसाला आएको हो ।

यो प्रकरणमा केहीलाई थुनामै राख्नेको र केहीलाई धरौटीमा छाडिएको छ भने केही प्रतिवादी तारेखमा छाडिएका छन् ।

खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख, टेकनाथ रिजाललाई १५ लाख, टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *