भूकम्प प्रभावित क्षेत्रमा तरुण दलले ३ सय घर बनाउँछ : अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा तीन सय वटा घर बनाउने बताएका छन् ।

नेपाल तरुण दल भोलेन्टियर र दक्ष जनशक्ति लिएर तत्काल प्रभावित क्षेत्र पुगेर पीडितका घर बनाउन थाल्ने अध्यक्ष गुरुङले बताएका हुन् ।

तरुण दलको आन्तरिक श्रोतभित्र ५०/६० लाख भूकम्प प्रभावितका लागि राहत शंकलन भएको उनले बताए । जहाँ विपत हुन्छ त्यहाँ तरुण दल पुग्नेछ । उनले भने, “नेपाली जनताको मन छुने कार्य नेपाल तरुण दलले गर्छ । तरुण दलले श्रम दानका लागि देशैभर अभियान चलाउने छ।”

रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध्यक्ष गुरुङले कांग्रेस नेता बालकृष्ण खाणको अभाव खड्कीएकाेपनि बताए ।

नेपाली कांग्रेका पार्टी सभापति शेरबहादुर देउवा सहभागी रुपन्देही कांग्रेसको प्रथम जिल्ला सम्मेलनमा पुगेका अध्यक्ष गुरुङले आफूलाई कांग्रेस नेता बालकृष्ण खाँणको अभाव महसुस भएको बताए । नेता खाँणले छिट्टै अदालतबाट क्लिन चिट पाउने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे ।

नेपाली कांग्रेसको अगुवाईमा शिक्षा,स्वास्थ्य, सडक सञ्जाल,पुल, खानेपानी,सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गरे ।

राजनीतिक परिवर्तनले नेपाली जनतालाई सुखी बनाए पनि खुसी बनाउन नसकेको उनले बताए ।

नेपालमा केही युट्युबरहरुले वद्नाम भएकाहरु,ऋणमा डुवेकाहरु व्यवस्था र नेपाली कांग्रेसकाविरुद्ध विश्लेषक बनेर भ्रम फैलाई रहेको उनले बताए ।

नेपाली कांग्रेस र नेपाली कांग्रेसका नेताहरु कमजोर हुदा व्यवस्था कमजोर बनाउने भएकाले यस्ता अफवाह फैलाउने युट्युव च्यानल बहिस्कार गर्न उनले आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *