प्रसाईको आन्दोलन दबाउन सरकार र एमाले नै किन लाग्यो ?

No ads found for this position
No ads found for this position

काठमाडौं- नागरिक बचाउ महाअभियान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनबाट सत्ता पक्षसँगै प्रतिपक्ष समेत डराएको छ ।

मंसिर ७ गतेदेखि उपत्यका केन्द्रीत प्रसाईको आन्दोलन जारी छ । उनको आन्दोलन दबाउन गणतन्त्रवादी लागेको पाइन्छ ।

सरकारले उपत्यकामा कार्यक्रम गर्न नदिएर आफनो अधिकार खोसेको प्रसाईको आरोप छ ।

नेपालको सविधानमा शन्तिपुर्ण सभा जुलुस गर्ने अधिकार दिएको छ । अहिले सरकारले जनता दबाउन खाजेर सविधान विपरित कार्य गरेको प्रसाईले बताए ।

कतिपयको आशंकामा उनलाई भारतबाट केही हिन्दुवादी गुटले साथ दिएका छन् । उनलाई नेपाली समुदायकै अगुवाहरूले पनि सघाएका छन् ।

उनका केही सहयोगी ‘तु अफ एयर’ मा के पनि भन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग समेत प्रसाईंले भेट गरेका छन् ।

यद्यपि, प्रचारमुखी स्वभावका प्रसाईंले साँच्चै मोदी र आदित्यनाथलाई भेटेका हुन्थे भने यसबारे फुटानी लगाउन उनले यति विलम्ब गर्ने थिएनन् ।

भारत र नेपालबाट केही हिन्दुवादी गुट वा संस्थाले भने उनलाई साथ दिएको कुरा उनको अभियानको बदलिँदो नाम र नारा हेरेर अनुमान लगाउन सकिन्छ ।

जसका कारण पनि प्रसाईको कार्यक्रम दबाउन सरकार र एमाले लागेको राजनीतिकबृत्तमा चर्चा छ । जनताको समर्थन देखेपछि सरकार र एमाले जसरी भएपनि प्रसाईको आन्दोलन दबाउन लागेका छन् । तर, प्रसाईको समर्थनमा जनसर्मथन अहिले पनि घटेको छैन । प्रसाईको आन्दोलनमा जनता उर्लिन थालेपछि प्रहरी प्रशासन झन कडा हुन थालेको छ ।

१ फागुन २०७९ देखि प्रसाईंले ‘नागरिक बचाऊ अभियान’ थालेका थिए । पछिल्लो समय उनीसँग सिङ जुधाउन सिङ्गो एमाले अघि सरेपछि प्रसाईं र उनको अभियानतिर धेरैको नजर परेको छ ।

झापासहित कतिपय जिल्लामा जनस्तरमा पनि प्रसाईंले राम्रो समर्थन बटुलेको देखिन्छ । जम्माजम्मी ८ महिनामा प्रसाईंले यत्रो शक्ति कसरी आर्जन, सञ्चय गरे रु उनको पछाडि को छ । धेरैमा यस्तो जिज्ञासा छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्न नसकेका वा तिर्न नचाहने ठूलै जमात प्रसाईंको पक्षमा छ । कुनै बेला गणतन्त्रको विकल्प छैन भन्ने उनी फनक्कै मोडिएर भ्रष्टाचार र गणतान्त्रिक व्यवस्थाविरुद्ध, हिन्दु धर्मको पक्षमा बोलिरहेका छन् । यसरी हिन्दुवादी र वर्तमान नेतृत्वको कार्यशैलीबाट आजित जनता पनि उनका चर्का कुरातिर तानिएका छन् ।

प्रसाईंको दाबीअनुसार, उनले नेतृत्व गरेको अभियानमा ४ लाख नेपालीले सदस्यता लिएका छन् ।

बैंक, सहकारी र लघुवित्तपीडितलाई लक्षित गरी सुरु गरेको ‘नागरिक बचाऊ’ अभियानलाई प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाविरोधी ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ मा परिणत गरिसकेका छन् । अर्थात् सुरुमा बैंक तथा वित्तीय संस्थाप्रति उत्तेजित र आक्रोशित देखिएका उनको द्वेष अहिले शासकीय व्यवस्थाप्रति देखिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *