राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । सो बैठक आज बिहान आठ बजे बस्नेछ  ।

पछिल्लो राजनितीक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय भएको  आन्दोलन, ब्यबस्था र नेतृत्व तह प्रती देखिएको  जनताको बितृष्णा र आक्रोश , मुलुकको अबस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ ।

अध्यक्ष कमल थापाले  पार्टीले अबलम्बन गर्ने निति, सिद्धान्त ,एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पारेका थिए ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले बिरोध गरेका छन् भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भिरतापुर्बक लिन सत्तासिन दलहरुलाई आग्रह गरेका थिए ।

केही दल र नेताहरुले राजाको बिरोध गरेकोमा थापाले असन्तुष्टि ब्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरुको बर्बराहट भन्ने टिप्पणी गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *