इजरायाली प्रहरीको ढोका थुनिदिदाँ कार भित्रै जलिन् इशरा

No ads found for this position
No ads found for this position

गाजा- इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् ।

यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न र इजरायलले ३०० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्न सहमत भएको छ ।

हिजो अर्थात नोभेम्बर २५ मा हमासले प्यालेस्टिनी आक्रमणकारी इसरा जाबिसलाई बन्धक सम्झौता अन्तर्गत आज राति इजरायली जेलबाट रिहा गरिने जानकारी दिएको थियो ।

टाइम्स अफ इजरायलका अनुसार इसरा जाबिसलाई प्रहरीले जेरुसेलम बाहिर माले अदुमिम बस्ती नजिकैबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्नुअघि आफ्नो कारमा ग्याँस प्रहार गरेको आरोप लागेको थियो । त्यतिबेला उनी कारभित्रै थिइन् । आगलागीका कारण प्रहरी अधिकृत मोसे चेनको अनुहार र छाती जलेको छ भने जबिस पनि गम्भीर घाइते भएकी थिइन ।

इजरायली अधिकारीहरूका अनुसार उनी इजरायल जाँदै थिइन, जहाँ उनले आत्मघाती बम विष्फोट गर्ने योजना बनाएकी थिइन्। त्यसैले पक्राउ गरेर राखिएको हो ।

इसरा जबिसको जन्म २२ जुलाई १९८४ मा अल कुड्स (जेरुसेलम) मा भएको थियो। उनी नौ दिदीबहिनी र दाजुभाइमध्ये चौथो थिइन् । सन् २०१५ मा  आगलागीका कारण उनका आठ औंला जलेकासमेत थिए । गत वर्ष जेलमा हुँदा जाबिसले नाकको शल्यक्रिया सहित आफ्नो अनुहारको शल्यक्रिया गर्न इजरायलसँग अनुमति मागेका थिइन,  जुन पछि इजरायलले अस्वीकार गरेको थियो ।

प्यालेस्टाइन क्रोनिकलको समाचार अनुसार इसरा आफ्नो पति बिना नै उनी जेरुसेलम गइरहेको थियो। उनका एक मात्र छोरा मुत्तसिम पनि साथमा नै थिए । जेरुसेलम जाँदा उनले कारमा आफूसँगै लगेका सामानहरूमध्ये एउटा खाना पकाउन प्रयोग गरिने प्रोपेन ट्याङ्की थियो। जेरुसेलम जाँदा उनको गाडीको इन्जिन बिग्रियो । त्यसपछि उनको कार माले अदुमिम नजिकै रोकियो।

यसैबीच, एक इजरायली पुलिसले उनीसँग परिचयपत्र मागे र जाँच नभएसम्म कार भित्रै बस्न आदेश दिए । त्यही क्षण उनले कारबाट बाहिर निस्कन अनुमति मागिन, जुन अस्वीकार गरियो। यति हुँदाहुँदै पनि उनले ढोका खोलेर कारबाट बाहिर निस्कने प्रयास गरिन तर अफिसरले दौडेर ढोका बन्द गरिदिए जसका कारण उनको हात कुचिएको थियो ।

उनले इजरायली अफिसरसँग बाहिर निस्कन अनुमति माग्नुको मुख्यकारण यो थियो कि कारको अगाडिको भागमा आगो लागेको थियो। तर, प्रहरीले उनको कुरा सुनेन र उनी कारभित्रै जलिन् । तर, उनलाई भने आत्माघाती बम बिष्फोटको आरोप लगाएर ८ बर्ष जेल राखियो, जो गए राती मात्रै रिहा भइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *