डा. केसी मेडिकल माफियाद्वारा सञ्चालित छन्, डाक्टर र नर्स नपाइने अवस्था आइसक्यो: स्वास्थ्यमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा.गोविन्द केसी गलत मान्छेहरुको फन्दामा परेर मेडिकल माफियाद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

मन्त्री बस्नेतले डा. गोविन्द केसी बेलाबेलामा अनसन बस्नेकुरा राम्रै भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको गिरोहले संचालिल भएको उल्लेख गर्दै त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

मन्त्री बस्नेतले डा. केसीको अभियानमा संलग्न नहुन सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनको अभियानमा लागे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने उनले बताए ।

उनले भने, ‘नेपाल मेडिकल ‘शिक्षाको हब’ बन्ने शक्ति र वातावरण हुँदाहुँदै पनि डा. केसी र मेडिकल माफियाहरुले त्यसो हुन नदिनका लागि मेडिकल कलेज थप सञ्चालन गर्न नदिए हुन् ।’

मन्त्री बस्नेतले यस्तै हुँदै गयो भने ५ वर्षपछि नेपालमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति हुने बताए ।

उनले १ सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने पस्ताव गरेको बताए ।

मन्त्री बस्नेतले भने, ‘५ वर्ष पछि यो नेपालमा डाक्टर र नर्स पाइँदैन । मेरो प्रश्ताव अगाडि बढाउँदा डाक्टर, नर्सहरु संसार भर हामी पठाउन सक्छौं । अहिले हामीले कोरा व्यक्तिहरुलाई विदेश पठाईरहेका छौं । सारा बर्बाद गरेका छौं । हामीले धेरै उत्पादन गर्नसक्यौं भने हामीले यो देशलाई मडिकल हब बनाउन सक्छौं ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *