प्रसाईको समर्थनमा काठमाडौं उपत्यकाका पसल भोलीदेखि बन्द गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का नाममा मेडिकल व्यवसायी प्रसाईले काठमाडौंको बल्खुमा बिहीबारदेखिमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

उक्त प्रर्दशनमा प्रहरीले हस्तक्षेत्र गरेको विरोधमा काठमाडौं उपत्यकाका व्यापारीले पसल बन्द गर्ने भएका छन् । प्रसाईले हिन्दु राज्य र राष्ट्रवादी आन्दोलनमा घेरा तोडन खोज्दा प्रहरीसँग विरोध भएको थियो ।

प्रहरी हस्तक्षेपका कारण आफ्ना १४ जना समर्थक घाइते भएको प्रसाई समूहले जनाएको छ।

प्रहरीतर्फ भने २० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल काठमाडौँ मेडिकल कलेज सिनामंगलमा लगिएको छ। यसको विरोधमा नाका र काठमाडौं उपत्यकाका व्यापारीले सटर बन्द गर्ने भएको प्रसाईको सचिवालयले जनाएको छ ।

पछिल्लो समय लाखौं लगानी गरेर खोलेको पसलमा व्यापार नभएपछि उनीहरुले सटर भाडा तिर्ने सक्ने अवस्था नभएको प्रसाईका आन्दोलनमा सहभागि भएको व्यापारीले बताएका छन् । भने, उनीहरुले प्रसाईको आन्दोलनमा समर्थनसँगै सहभागी समेत भएका छन् । प्रसाईले आर्थिक मन्दीका कारण व्यापार नभएपछि उनीहरुको पक्षमा आवाज उठाउँदै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *