उर्जा सचिव घिमिरेको राजिनामा स्विकृत, यस्ता छन मन्त्रिपरिषदका निर्णय

No ads found for this position
No ads found for this position

काठमाडौं- उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उनको राजिनामा स्विकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

२०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।

२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४।४६५ मिलियन ९करिव ६५ करोड० अनुदान स्वीकृत गर्ने ।

३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।

४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।

५.  उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *