प्रसाईको आन्दोलनमा आएका महिलालाई दुर्व्यवहार गर्ने युवा संघका सचिवालय सदस्य भएको पुष्टि

No ads found for this position
No ads found for this position

काठमाडौं- दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै संलग्नता देखिएको रहेको प्रसाईले आरोप लगाएका छन् ।

सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको समेत प्रसाईको सचिवालयले जनाएको छ ।

गत असोज २२ गते दुर्गा प्रसाईंलाई कालो मोसो दल्ने काम पनि उनैको नेतृत्वमा रहेको टोली भएको प्रसाईले बताएका छन् ।

त्यतिबेला उनी पक्राउ भने परेनन् । उनको घर खोटाङ दिप्रुङ चुइचुम्बा गाउँपालिका रहेको बुझिएको छ ।

महिलाहरूमाथि दुर्व्यवहार भएको विषयमा भक्तपुर प्रहरीमा राति १० बजेतिर फोन गएको थियो । त्यसपछि महिलाहरु त्यहाँबाट भागेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *