प्रसाईका माग जायज छन्, राप्रपा नेपालको समर्थन छ :  नेता घिमिरे 

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ७ गतेदेखि गर्ने राष्ट्रवादी आन्दोलनले देशमा परिवर्तन ल्याउने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य खड्गबहादुर घिमिरेले बताएका छन् ।

प्रसाईको आन्दोलनको एजेन्डा हिन्दु राज्य, राजसंस्था जस्ता विषय राम्रो लागेकाले आफू पनि आन्दोलनमा होमिएको उनी बताउँछन् ।

लोकतन्त्रका कारण नेपालमा आर्थिक मन्दी, सामाजिक विकृति र लोकतन्त्रका नाममा कमाइखाने नेतामा मात्र उत्पादन भएको उनको आरोप छ ।

‘राजतन्त्रमा जनताले अहिले भन्दा स्वतन्त्र रूपमा हिड्न पाएका थिए । राजाहरूले सबै जनतालाई समान व्यवहार गरेको थिए । अहिलेको अवस्था हेर्दा देश त डुब्यो । जनताको हालत पनि उस्तै हुँदै छ ।’ उनले भने, ‘प्रसाईले उठाएका एजेन्डा सबै राम्रा छन् । त्यही भएर जनताले साथ दिएका छन् । अहिले हामीले पनि साथ दिएका छौं । आन्दोलनबाट एउटा निकास आउनुपर्छ । नत्र देशको भविष्य नै खतरामा छ ।’

नेतालाई भष्टाचार, पैसा कमाउन, देशमा अराजक फैल्याउन, जनतालाई झुक्याउन र राजनीति गर्नभन्दा अरु केही नजानेको उनको भनाइ छ । राप्रपाका धेरै नेता तथा कार्यकर्ताले प्रसाईको आन्दोलनमा साथ र समर्थन गरेको उनले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *