अमेरिकी सेनाको विमान समुन्द्रमा डुब्यो, पौडी खेलेर निस्किए नौ जना

No ads found for this position
No ads found for this position

वासिंगटन डिसी- अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ ।

स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरु आफै पौडी खेलेर किनारमा पुगेका हुन् । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी ८ पोसाइडन हो ।

पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो टोही र गुप्तचर जानकारी सङ्कलनमा पनि प्रयोग गरिन्छ। यो विमान बोइङले निर्माण गरेको हो ।

पी-८ पोसाइडन विमानका धेरै भेरियन्टहरू छन्, प्रत्येक भेरियन्ट बोइङ डिफेन्स, स्पेस र सेक्युरिटीले विकास गरेको हो। पी८ पोसाइडन विमानको औसत मूल्य १५० मिलियन डलर छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *