टिकटक नेपालमा आजैदेखि बन्द हुन्छ: सञ्चारमन्त्री शर्मा

No ads found for this position
No ads found for this position
काठमाडौं- सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उनले भनिन्- बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

“टिकटक बन्द गर्ने निर्णय भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, उनले भनिन्, “टिकटक बन्द गर्ने बारे तयारी थालिसकेको  छ, सम्भवतः आजैदेखि बन्द हुन्छ ।”



प्रतिक्रिया

One thought on “टिकटक नेपालमा आजैदेखि बन्द हुन्छ: सञ्चारमन्त्री शर्मा

  1. नेपाल मा सरकार ले टिकटक लाई बन्द गर्ने निर्णय गरेको छ यो सरकार को निर्णय भन्दा पनि MCC को सर्त हुन पर्छ ।

    अमेरीका ले हुवावे लाई अमेरिका मा प्रतिबन्ध नै लगाएको छ त्यही हुवावे लाई 5G बिस्तार को ठेक्का नेपल टेलिकम ले दिएको थियो सम्पुर्ण काम सकीयर पनि अमेरिकी दबाबाको कारण 5G परीक्षण रोकियको छ !! कोरीयान Samsung र iPhone ले नेपालको लागी 5G unlock नै गरेको छैन ।

    हुवाले लाई ठेक्का दिदा आफ्नो data security मा चिनको पुहुच पुग्छ भनेर आफ्नो धारण राखी सकेको छ अमेरीकी दूतावास ले ।

    त्यसैले यो टिकटक प्रतिबन्ध पनि नेपालको सरकार को आफ्नै निर्णय हो भन्ने कुरामा विश्वस्त हुन सकियन !! यो कुनै न कुनै रुपमा अमेरिकन App youtube Google लाई संरक्षण गर्ने निती को एक हिस्सा नहोला भन्न सकियन।

    हैन सामाजिक सञ्जाल मा किन टिकटक मात्र प्रतिबन्ध YouTube Facebook Twitter X चै कसरी दूधले धोयको सञ्जाल हुन र ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *