अमेरिकीले गर्यो दोस्रो पटक इरानी लडाकुमाथी हवाई हमला, ९ को मृत्यु

No ads found for this position
No ads found for this position

वासिंगटन डिसी- इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ ।

यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गर्‍यो, जसमा इरानी समर्थित समूहका कुल ९ जना मारिएका छन  । अमेरिकाले इरान समर्थित मिलिशियाले प्रयोग गरेको हतियार गोदाममा यो पछिल्लो हमला गरेको हो ।

२ एफ–१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदाममा आक्रमण गरेको थियो । यो जानकारी अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले दिएका हुन् । उनले भनेका छन्,  ‘हाम्रो लागि अमेरिकी सैनिकको सुरक्षा गर्नुभन्दा महत्वपूर्ण केही छैन । यस कारबाहीबाट हामीले प्रमाणित गर्‍यौं कि अमेरिकाले आफ्ना सैनिकहरूको हितका लागि जे पनि गर्छ।’

पछिल्लो दुई हप्तामा दोस्रो पटक अमेरिकाले सिरियामा रहेको इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदामहरूलाई निशाना बनाएको हो । अमेरिकाले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको जानकारी दिएको छ, जसमा अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाइएको छ ।

अमेरिकाले इरान र उसका सहयोगीहरूलाई इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गर्नबाट रोक्न खोजिरहेको छ। जसका कारण इरानले समर्थन गरेको आधार हो । यस कारणले इरान समर्थित लक्ष्यहरूमा आक्रमण र नियन्त्रण गरिरहेको छ ।

गत महिना अक्टोबर ७ मा इजरायलमा हमास समूहले हमला गरेको थियो जसमा हालसम्म १४०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलले इरानले हमासलाई सहयोग गरिरहेको दाबी गरेको छ, जसका कारण इरान समर्थित समूहले पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको जनाईएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *