भूकम्पको इपिसेन्टर जाजरकोटमा राष्ट्रपति, घाइतेहरुको स्वास्थ्यबारे जानकारी लिए

No ads found for this position
No ads found for this position

जाजरकोट- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जाजरकोट अस्पताल पुगेका छन् ।

घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् ।

घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् ।

राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् ।

भूकम्प प्रभावित क्षेत्र र घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिन राष्ट्रपति सँगै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, राष्ट्रपति राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिलबहादुर थापा र प्रधानसेनापति प्रभुराम शर्मापनि जाजरकोट आएका छन्।

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

गत शुक्रबार राति गएको ६.२ म्याग्निच्यु भूकम्प र यस पछि आइरहेको पराकम्पबाट जाजकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *