भूकम्प पीडितको उद्धारमा लागे प्रधानमन्त्री प्रचण्ड, ७ जना घाइतेलाई सुर्खेत ल्याए (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ जना घाइतेलाइ सुर्खेत ल्याएका छन् ।

गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएका मध्ये ७ जनलाइ सुर्खेत ल्याएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालका अनुसार उनीहरूलाई जाजरकोटबाट सुर्खेत ल्याइएको हो । उनीहरूको सुर्खेतमा उपचार भैरहेको छ ।

भूकम्प गए पछि एकाबिहानै प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उपचार तथा पीडितहरूको व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *