राष्ट्रसंघीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधबार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको हो ।

मंगलबार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधबार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *