राष्ट्रसंघीय महासचिव गुटरेसले देउवा र ओलीलाई संसद् भवनमा भेट्दै

भ्रमणको पहिलो दिन नै राष्ट्रपति र प्रधानमन्त्री सँग पनि भेटवार्ता गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजबाट औपचारिक संबाद सुरु गर्नेछन् ।

गए राती १ बजे नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात् आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला-बेग्लै शिष्टाचार भेट गर्नेछन्।

यसैबिच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटवार्ता गर्नेछन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *