प्रधानमन्त्री प्रचण्डद्वारा चीनका पुर्व प्रधानमन्त्रीको निधनमा शोक ब्यक्त

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनका पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन् ।

जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरमा उनले गहिरो दुःख ब्यक्त गरेका हुन् ।

‘जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन, ‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’

चीनका पुर्व प्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *