बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौंको कीर्तिपुर-६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो।

त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौंको बल्खुबाट पक्राउ गरिएको हो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *