ओली ‘हजुरबा’ भन्दा प्रधानमन्त्री र गृहमन्त्रीमा राजनीतिक चरित्र राम्रो देखियो: प्रसाई

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र गहृमन्त्री नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र भएको बताएका छन् ।

मेडिकल व्यवसायी प्रसाईले गरिबको आवाज उठाउँदा आफूमाथि कालो मोसो दलिएको बताए ।

कालोमोसो दलिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईले अव एमालेसँग खेल सुरु भएको उनले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाएका थिए।

प्रसाईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेका थिए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली ‘हजुरबा’ भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् । ‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाई हो भन्ने ठान्यो ।’ प्रसाईले भने ।

प्रसाईले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *