इजरायल आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा आज राष्ट्रिय झन्डा आधा झुकाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्यालेस्टिनी लडाकु समूहले इजरायलको हमासमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा आज सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ।

आज देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो।

सरकारले परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने, सो घटनामा परी निधन भएका नेपालीका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने, इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी परराष्ट्र मन्त्रालयमा पठाउने, स्वदेश फर्किन चाहने इजरायलमा रहेका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल दिन अनुरोध गर्ने, अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुस-

इजरायलमा मृत्यु भएका मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्रीपरिषद् बैठकको निर्णय



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *