एनआरएनए सचिवमा डा. रेग्मीको उम्मेदवारी, यस्ता छन् ९ प्रतिबद्धता

No ads found for this position
No ads found for this position

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदका उम्मेदवार डा. ज्ञानेन्द्र रेग्मीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजानिक गरेका छन्। डा. रेग्मीले एनआरएनएको एघारौं महाधिवेशनमा विजयी भइ नीति निर्माण तहमा पुगेर आफूले संस्थालाई गर्न सक्ने योगदान बारे विभिन्न ९ प्रतिबद्धता समेत सार्वजानिक गरेका छन् ।

सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन्। एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ। रेग्मी हाल अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरको रुपमा कार्यरत छन्।

जलस्रोत विज्ञ समेत रहेका डा. रेग्मी सचिव पदका बलिया प्रतिस्पर्धी हुन्। आगामी चुनावबाट संघमा ६ जना सचिवमा निर्वाचित हुनेछन्। संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन अक्टोबरमा हुँदैछ ।

को हुन् डा. ज्ञानेन्द्र रेग्मी ?

सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रूपमा कार्यरत छन्।

पूर्वी नेपालको मोरङमा हुर्किएका रेग्मीले जनता नमूना मा. बि. विराट साइन्स कलेज हुँदै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्रारम्भीक अध्ययन पूरा गरे।

अध्ययन पूरा गरेर रेग्मीले सन् २००० देखि ४ वर्षसम्म थापाथली क्याम्पसमा लेक्चर हुँदै विभागीय प्रमुखसमेत भए।

त्यसपछि सन् २००४ देखि २००६ सम्म जापानबाट एमई सिभिलमा मास्टर्स डिग्री पूरा गरे।

त्यसपछि ओलोङोङ युनिभर्सिटी अस्ट्रेलियाबाट जलश्रोत विधामा पिएचडी सकेका जलश्रोत विज्ञ रेग्मी हाल अस्ट्रेलियाको राज्य सरकारको जलश्रोत मन्त्रालयमा सिनियर इन्जिनियरको रूपमा कार्यरत छन्।

अस्ट्रेलियाकै स्विन्वर्न युनिभर्सिटिमा सिभिल इन्जिनियरिङ विधामा प्राध्यापन गराइरहेका रेग्मी प्रवासी नेपाली समजमा लोक्रपिय छन्।

सचिव पदमा बलिया मानिएका उम्मेदवार डा. रेग्मिका ९ प्रतिबद्धता यस्ता छन्-

१. ‘एक पटकको नेपाली सधैंको नेपाली’ : विदेशमा बस्ने हामीहरूले खोजेको नेपाली नागरिकताको निरन्तरता हो । यसका लागि नेपाल सरकारसँग निरन्तर लविङ गर्नेछु। अहिले नेपाल सरकारले प्रदान गर्दै आएको एनआरएन नागरिकतालाई उपलब्धीको रुपमा लिदै गैरआवासीय नागरिकता चाँडोभन्दा चाँडो सहज तरिकाले वितरण गर्न नेपाल सरकारका सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गर्नेछु । तीन पुस्तामा सीमित यो नागरिकताले गैरआवासीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्छ । नेपालमा लगानी भित्र्याउने भन्दा नेपालबाट लगानी बाहिर्याउने भूमिका खेल्न सक्छ । त्यसैले यो तीन पुस्ते व्यारियर हटाउन नेतृत्वमार्फत तत्कालै पहल गर्नेछु । विकल्पमा तत्काललाई सात पुस्तासम्म पुयाउन आधारसहित कार्यपत्र पेश गरेर नेपाल सरकारसँग लबिङ गर्नेछु । यद्यपि हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो ।

२. गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछि अब गैरआवसीय नेपाली संघको उद्देश्यहरु रिभ्यू गरी प्राथमिकतामा राखेर संघको अबको १० वर्षको ठोस कार्यदिशा र योजना बनाउन पहल गर्नेछु ।

३. गैरआवासीय नेपालीहरुलाई नेपालमा सामूहिक लगानी गर्न मनोवल बढाउन नेपाल सरकारका सम्बन्धित निकायसँग सहकार्य गर्दै विभिन्न मोडलका योजना निर्माण गर्नेछु । समृद्ध नेपाल बोलिमा होइन योजना नै बनाएर नेपाल सरकारलाई कार्यपत्र पेश गर्न काम गर्नेछु ।

४. ज्ञान, सीपको आदान प्रदान गर्न ठोस कार्यक्रम बनाएर व्यवासायी, बौद्दिक वर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्नेछु ।

५. वर्तमान समयमा आइसीसीका अधिकांश कामहरूलाई एनसीसीहरूले हरेक प्रकारले सहयोग गर्दै आइरहेकोमा आगामी दिनमा आइसीसीले एनसीसीलाई पनि अझ बढी सहयोग गर्ने वातावरणको सिर्जना गर्नेछु । दोहोरो सहकार्यका लागि भूमिका खेल्नेछु ।

६. आइसीसी र एनसीसीको प्रत्यक्ष कम्युनिकेसनको वातावरण बनाउनेछु ।

७. विगत केही वर्षदेखि देखिएको एनसीसी र आइसीसीबीचको प्रतिधिनिधि विवाद हटाउन सबै एनसीसीको कार्यसमितिको अभिलेखालय राखेर संगठन पारदर्शी बनाउँदै प्रतिनिधि विवाद सधैको लागि अन्त्य गर्नेछु ।

८. आइसीको योजना अनि कार्यक्रमहरूलाई हरेका एनसीसीसम्म पुर्याउने समन्वयकारी भूमिकामा खेल्नेछु ।

९. आइसीसी सचिवको रुपमा महासचिव र अध्यक्षलाई साथ दिँदै समितीमा सकृय भूमिका खेल्नेछु ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *