दक्षिणपन्थीहरूले देशमा टाउको उठाउने खतरा बढेको छ: प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण र त्यसमाथि प्रहार भइरहेको छ। जनयुद्ध गर्नु गल्ती, हिंसा र त्यो अपराध थियो। एउटा एंगल थपाइहरूले सुनिरहनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाईं हामीले देखिरहेका छौँ । सुनिराखेका छौँ। र यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ ।’

एकथरी मानिसहरू यो परिवर्तनका वाहकहरूलाई विद्रुपीकरण गर्ने, तिनलाई बदनाम गर्ने कुनै तरिकाले तिनको प्रभावलाई र एजेन्डालाई कमजोर पार्ने कसरतमा लागिरहेको उनले बताए ।

उनले भने, ‘त्यसलाई मद्दत दिने गरी हाम्रा अभिव्यक्ति हुने की यो परिवर्तनको रक्षा गर्नेहरूको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तीकारीहरुले गर्नुपर्छ। अहिले राम्रा काम भएको हामीले खोज्न थालेका छौँ । नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो की लिडरसिपको समस्या हो ? लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीउबाट जन्माउने कुरा हो ।’

प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरूले देशमा टाउको उठाउने खतरा रहेको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *