सुन गाल्न माओवादी जस्तो ५ वटा भाँडा राखेर बस्ने पार्टी एमाले होइन: केपी ओली

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू एमालेसँग लड्न नसकेको बताएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको बागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘हाम्रा विरोधीहरू हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पार्लिमेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भतभत पोल्यो, खपी नसक्नु भयो । के गरौँ-के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गिरिबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ भनेर कराए आज संसदमा । खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाऊ ।’

सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा एमाले कहिल्यै नलागेको ओलीले बताए । त्यो बाटो कहिल्यै समाएनौँ । ओलीले भने, ‘सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी एमाले होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन हुनीहरूसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरूले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, ओम्नी भन । ति सबै कुरा उनीहरूले गराएका छन् । कमिसनको चक्र उनीहरूले चलाएका छन् ।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरे पनि आफैँ परेपछि घटना सेलाएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *