कांग्रेस बिनाको सरकारको कल्पना गर्न सकिँदैन: माधव नेपाल

No ads found for this position
No ads found for this position

जनकपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकारको कल्पना पनि गर्न नसकिने बताका छन् ।

मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुगेका नेपालले बुधबार आयोजति कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘अरु कुनै सरकारको वा अरु कुनै मान्छेले मुख मिठ्याउनु आवश्यक छैन । अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ । उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ ।’

नेपालले अब प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने नहुने बताए । कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । उनले भने, ‘अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौँ, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन । अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ । हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन।’

अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *