ओलीले आफू प्रधानमन्त्री नभएको रिस संसदमा व्यक्त गर्छन्: सांसद दाहाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओलीले आफु प्रधानमन्त्री हुन नपाएको रिस संसदमा व्यक्त गर्ने गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले अध्यक्ष ओलीलाई वर्तमान सरकारप्रति रिस रहेको बताए ।

उनले भने, ‘केपी ओलीलाई सरकारप्रति रिस छ । सरकारमा आफूले नेतृत्व गर्न नपाएको इस्रया बढी अभिव्यक्त भएको प्रमाणित हुन्छ । गृह मन्त्रालयको तर्फबाट सुशासन प्रदान गर्ने सन्दर्भमा, भ्रष्टाचार बिरोधी अभियान सञ्चालन गर्ने सन्दर्भमा उहाँहरुले लिएको बोल्ड स्टेपप्रति उहाँको नकारात्मक टिप्पणी छ । आम माफी दिने प्रक्रियामा केही गलत पात्रहरु पनि निस्किएको कुरा त देखिन्छ । तर कानूनी प्रक्रिया रित पुर्‍याएर आएका हुन्छन् । अहिलेको सरकारले लिएको बोल्ड स्टेप सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा लिएको बोल्ड स्टेपलाई मिनिमाइज गर्ने कुरा, कहीँ दिग्भ्रमित पार्न सकिन्छ कि भन्ने प्रयत्न गरेको देखिन्छ । तर पनि जनता जानकार छन् ।’

सांसद दाहालले प्रधानमन्त्रीको विदेश भ्रमणका कारण संसद बैठक नरोकिएको जिकिर गरे। संसद बैठक केही दिन रोकिनुमा सभामुखपनि जिम्मेवार रहेको उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *