मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालमा

काठमाडौं- मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुको समस्या देखिएकाले चिकित्सकले निगरानीमा राखेर उपचार प्रक्रिया अगाडि बढाएका हुन्। उनको अवस्था अहिले सामान्य रहेको छ।
अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए।
प्रतिक्रिया