एमाले बागमतीमा मतदानको तयारी, कर्णालीमा बन्द सत्र सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बागमतीमा मतदान हुँदैछ । एमाको पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ ।

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुँदैछ ।

भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान छ । एमाले बागमतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहेका छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी तथा उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र हुँदैछ । १० बजेपछि बन्द सत्र शुरु हुने एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतराले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *