शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ: अध्यक्ष तिमिल्सिना

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘हामी जब सशक्त हुन्छौँ । बलियो हुन्छौँ । देशमा दलहरु, सरकार बलियो हुन्छ भने अन्तर्राष्ट्रलाई यो हाम्रो राष्ट्रिय आवश्यकता हो । त्यसकारण तिमीले यसमा धेरै हस्तक्षेप नगर । हाम्रा केही आफ्ना विशिष्टताहरु छन् । त्यसकारण यसलाई हाम्रो अनुकुल मान भन्न सकिन्छ । जब हामी कमजोर हुन्छौँ अन्तर्राष्ट्रिय गुहार्ने । जहिलेपनि हामी यहाँ सत्ता, समिकरण गर्छौ । फेरबदल गर्छौं । अनि अन्तर्राष्ट्रिय लागू भयो भनिरहेका हुन्छौँ । जहिले पनि अन्तर्राष्ट्रियलाई दोष दिने अनि हामी सक्षम भनेर कसरी भन्ने ? त्यसकारण हामी सक्षम हुने गरिकन इमान्दार प्रयत्न गर्‍यौँ भने अन्तर्राष्ट्रियलाई भन्नसक्छौँ ।’

उनले नेपालका दलहरु एक ठाउँमा उभिएर शान्ति प्रक्रियालाई टुंग्याउनु पर्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *